सुदूरपश्चिममा आज थप ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ३२७ पुग्यो

सुदूरपश्चिममा आज थप ८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ३२७ पुग्यो

धनगढी : सुदूरपश्चिममा कोरोना भाईरसको दैनिक संक्रमण दर फेरी बढेको छ। मंगलावार प्रदेशका ८० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनाा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालमा आज भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । डोटीका ३५ र बझाङ जिल्लाका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यता धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १३४ नमुनामध्ये ७ महिने बालिका सहित ४२ जनामा स।क्रमण पोजेटिभ देखिएको हो ।

केही हप्ता घट्दै गएको संक्रमण आज फेरी बढेको हो । अस्पतालका सुचनाअधिकारी दिलिपकुमार श्रेक्ष्ठका अनुसार मंगलबार १५ महिला र २७ जना पुरुषमा कोरोना देखिएको हो । उनले आज कैलाली, कञ्चनपुर र डोटीका ४२ जनामा कोरोना देखिएको जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिकाका ७ महिला र ११ पुरुष, डोटीको सायल गाउँपालिकाका ७ महिने बालिका सहित ६ महिला र १४ पुरुष, आदर्श गाउँपालिका वडा नम्बर ७ का एक महिला र ३ पुरुष र कञ्चनपुरको बेलौरी नगरपालिका एक महिलाको संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले बताए ।

योसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ भने नौँ जनाको मृत्यु भएको छ।