कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत भेटिइन्

कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत भेटिइन्

धनगढी : कैलालीको गोदावरीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छन् । गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउद मृत फेला परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा उनको शव भेटिएको जानकारी दिए ।

उनी ११ गतेदेखि वेपत्ता रहेको खुल्न आएको उनले बताए । मृतकका माईती पक्षले भने लक्ष्मीको हत्या भएको आरोप लगाएका छन् । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।