सेनाको स्काई ट्रक मार्फत गर्भवती महिलाको उद्दार

सेनाको  स्काई ट्रक मार्फत गर्भवती महिलाको उद्दार

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले जटिल अवस्थाकी गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरेको छ।

प्रदेशको सामाजिक बिकास मन्त्रालयले मंगलबार नेपाली सेनाको स्काई ट्रक मार्फत गर्भवतीको उद्धार गरेको हो।

धनगढी उप महानगरपालिका वडा नम्बर ५ तारानगरकी गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रक मार्फत उद्धार गरी काठमाडौँ पठाएको सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले बताए।