माया मेट्रो अस्पताल द्वारा बालिकाको निशुल्क उपचार

माया मेट्रो अस्पताल द्वारा बालिकाको निशुल्क उपचार

धनगढी: धनगढीको माया मेट्रो अस्पतालले एक बालिकाको निःशुल्क उपचार गर्न थालेको छ। आइतबार साँझ अस्पतालमा भर्ना भएकी कञ्चनपुरको महेन्द्रनगरकी सात वर्षीया मानवी गुप्ताको अस्पतालले निःशुल्क उपचार गरिरहेको हो। 
विषादी सेवन गरेर बिरामी परेकी गुप्ताको अस्पतालले सघन उपचार कक्ष आइसियूमा उपचार गरिरहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए। आमा नभएकी र बुवा राजीवको आर्थिक अवस्था कमजोर भएकाले उनको निःशुल्क औषधि उपचार थालिएको अस्पतालका अध्यक्ष साउँदले बताए। 

उनले सेती अस्पतालबाट माया मेट्रोमा ल्याएकी उनको अवस्था गम्भीर रहेको बताए। परिवारले रकम तिर्न नसक्ने भन्दै उपचारका लागि रकम संकलन थालिएको जानकारीपछि निःशुल्क औषधि उपचार गर्ने अस्पतालले निर्णय लिएको साउँदले बताए।