अमेरिकामा कोरोनाले एकै दिन १२ सय ४५ को मृत्यु

अमेरिकामा कोरोनाले एकै दिन १२ सय ४५ को मृत्यु

अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १२ सय ४५ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान सम्म पछिल्लो २४ घण्टामा थप ६४ हजार ७२९ जना संक्रमित भएका छन । करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ३२० पुगेको छ । कुल संक्रमित संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २१ लाख ८५ हजार ८९४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २१ लाख ६० हजार १२९ जनामध्ये १८ हजार ९९२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।