गोदावरी नगरपालिकामा युवती मृत फेला परेपछि श्रीमान पक्राउ

गोदावरी नगरपालिकामा युवती मृत फेला परेपछि श्रीमान पक्राउ

धनगढी  : कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेपछि घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउँद मृत फेला परेपछि उनका श्रीमान ओम साउँदलाई प्रहरीले पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले मृतकका श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको बताए।