धनगढी कि "डुवानगढी" ? (फाेटाे फिचर)

धनगढी कि "डुवानगढी" ? (फाेटाे फिचर)

धनगढी । मंगलवार रातीदेखी परेको अविरल पानीका कारण धनगढी उपमहानगरपालिका जलमग्न भएको छ । यहाँका खोला नदीहरुमा ठूलो बाढी आएको छ । नदी तथा खोला छेउका कतिपय वस्ती डुवानमा पनि परेको छ ।

धनगढीको ३ नम्बर वडा विशालनगरमा नेप्टे ताल लगायतको ठाउँमा निकास नहुदा विशालनगर लगायतका क्षेत्रमा रहेका बस्ती जलमग्न भएको छ । सडकहरुमा ठुलो मात्रामा पानि बगीरहेका छ भने स्थानियका घरहरुमा पानि पसेको छ ।

पछिल्लो पटक निर्माण गरिएका सडकहरुमा ढल निकासका लागी व्यवस्थापन नगरिदाँ पानि बस्ती भित्र छिरेको छ । बस्ती जलमग्न हुदाँ स्थानियमा त्रास उत्पन्न भएको छ । बर्षेनि बर्षाको समयमा उत्पन्न हुने यो समस्याका बारे स्थानिय सरकार गम्भीर नहुँदा विशालनगरवासी डुवानमा पर्दै आएका छन् । 
फोटोमा हेर्नुस विशालनगरमा डुवान :