कंचनपुरमा आज विश्व बाघ दिवस मनाइदै

कंचनपुरमा आज विश्व बाघ दिवस मनाइदै

असार १४, कंचनपुर ।
नोबेल कोरोना भाइरस (कोभिड-19) को कहर जनजीवनमा मात्रै नभएर अरु कुरामा समेत पर्यो । कंचनपुर जिल्लाको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा बिगत देखि हरेक वर्ष हुँदै आएको बाघ गणना समेत त्यसका कारण प्रभावित भयो ।उपकरण नआउँदा  शुक्लामा पछिल्लो पटक विश्वमै दुर्लभ पाटे बाघको गणना हुन सकेन ।
२९ जुलाई अर्थात विश्व बाघ दिवस आज मनाईदैछ ।तर यसपालीको तथ्यांकमा हेरफेर छैन । हुन त, यहाँ सन् २०२२ सम्मको लक्ष्य त्यसअघि नै दोब्बर भइसकेको छ ।यहाँ अघिल्लो गणनामा १७ वयस्क बाघ फेला परेका थिए । पछिल्लो तथ्यांक अनुसार शुक्लाफाटामा १६ वटा बाघ छ्न ।
'स्वस्थ वातावरणका लागि बाघ संरक्षण' नारा संगै आज निकुञ्जको प्रवेशद्वारमा एक कार्यक्रमका बिच बाघ दिवस आयोजना गरिन लागेको प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले जानकारी गराए । बाघको तस्बिर अनावरण गरि दिवस मनाइने तयारी रहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख सुदिप राज निरौलाले यसपाली अमेरिकाबाट आउने स्वचालित क्यामरा कोरोनका कारण आउन नपाउदा नियमित गणना हुन नसकेको जानकारी गराए । बिगतमा स्वचालित क्यामरा 'क्यामरा ट्र्यापिङ्ग' प्रविधिबाट क्षेत्रफलका हिसाबले थोरै क्षेत्रफलमा बढी बाघको वासस्थान रहेको शुक्लाफाटामा गणना गरिदै आएको थियो । निकुञ्ज ३०५ वर्गकिलोमिटर रहेको छ ।

शुक्लाफाटामा सन् २००८ देखि स्वचालित क्यामराको प्रविधिबाट वर्षेनि बाघ गणना तथा अनुगमन भइरहेको छ ।यश अघि बाघको पाईला र दिसापिसाब संकलन गरि बाघको तथ्यांक संकलन गरिने गरिएको थियो ।अंश वर्ष आरक्षसंगै राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षार्थ तैनाथ नेपाली सेना बाघ गणनाम सहभागी हुदै आएका छ्न ।
सन २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता अनुरुप बाघको गणनासंगै वासस्थान र आहार प्रजातीको पनि नियमित अनुगमन गरिदै आएको हो । शुक्लामा भने प्रतिबद्धता वर्ष भन्दा आठ वर्ष अघि नै बाघको संख्या दोब्बर भएको थियो । प्रतिबद्धता  भएका बेला यहाँ बाघको संख्या आठ रहेको थियो । शुक्लाफाटामा बाघको आहारा प्रजातिको पर्याप्तताले यसको संख्यामा वृद्धि भएको देखिन्छ । तथ्यांक अनुसार शुक्लाफाटामा ७८.६२ प्रती वर्गकिलोमिटर आहारा प्रजातीको घनत्व छ । 
पछिल्लो गणनामा देशभरी बाघको संख्या दुई सय ३५ रहेका छ्न । तथ्यांक अनुसार औसतमा सबै भन्दा बढी बाघ चितवनमा र सबै भन्दा कम बाकेमा फेला परेका थिए ।
एक शताब्दीअघि  झन्डै एक लाखको हाराहारीमा रहेको बाघको संख्या पछिल्लो अवस्थामा आइपुग्दा करिब तीन हजार दुई सयको संख्यामा सिमित भएको विभिन्न अनुसन्धानहरुले देखाएका छ्न । त्यस्तै मानवीय क्रियाकलापका कारण बाघका आठ प्रजातीमध्ये तीन प्रजातीहरु बाली,क्याप्सियन र जाभा लोप भईसकेका छ्न । बाकी रहेका पाँच प्रजातीहरु आमुर,सुमात्रा,साउथ चाइना,ईन्डो चाइनिज र रोयल बंगाल(पाटे बाघ)को अवस्थापनी दयनिय रहेको बन्यजन्तुको संरक्षण क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाहरुको तथ्यांकहरुले देखाएको छ । 
लोप हुन बाकी रगेका पाँच प्रजातीका बाघहरु नेपाल, भारत,बंगलादेश ,चीन,भुटान ,बर्मा,कम्बोडिया,इन्डोनेसिया,लाओस,मलेसिया,रसिया,थाइल्यान्ड,र भियतनाममा मात्रै सिमित छ्न । नेपालमा पाइने पाटे बाघ तराई क्षेत्रमा रहेका संरक्षित क्षेत्र अन्तर्गतपर्ने पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज,बाके राष्ट्रिय निकुञ्ज ,बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाटा वन्यजन्तु आरक्षमा मात्र पाईने गरेका छ्न । संरक्षण परिस्थितिकिय प्रणाली सन्तुलन राख्नका लागि पनि बाघ महत्वपूर्ण मानिन्छ ।
पाटे बाघ संरक्षित वन्यजन्तु हो ।यसको चोरी शिकार तथा आखेटोपहारको व्यापार ,ओसारपसार गरेमा १५ वर्ष कैद र ५ लाखदेखी १० लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको कह्ह । संरक्षित वन्यजन्तुको चोरी शिकार तथा व्यापारमा सहयोग गर्ने मतियारलाई ओअनि प्रत्यक्ष दोषी सरहको कानुनी प्रावधान रहेको छ ।