चीनमा पछिल्लो २४ घण्टामा १०१ नयाँ संक्रमित फेला

चीनमा पछिल्लो २४ घण्टामा १०१ नयाँ संक्रमित फेला

चीनमा पछिल्लो २४ घण्टामा अप्रिलयताकै सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका १०१ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ८९ संक्रमित सिन्चियाङको सुदूरपश्चिम क्षेत्रमा फेला परेका हुन् । अहिले यो क्षेत्रमा मास टेस्टिङको काम भइरहेको छ । त्यस्तै आठ संक्रमित लियाओनिङ र एकजना बेइजिङमा फेला परेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन् ।