डोटीमा आइपुग्यो पिसिआर मेशिन

डोटीमा आइपुग्यो पिसिआर मेशिन

डोेटीमा पिसिआर मेशिन पुगेको छ । प्रदेश सरकारले खरिद गरेर पठाएको पिसिआर मेशिन मंगलबार जिल्ला अस्पताल डोटीमा पु–याईएको छ ।
दुईवटा ट्रकमा मेशिनहरु पु–याईएको जिल्ला अस्पतालका नायब सुब्बा लोकेन्द्र बिष्टले जानकारी दिए ।
मंगलबार पुगेको मेशिन २० गतेसम्ममा जडान भईसक्ने अस्पतालले जनाएको छ । ‘जडान गर्न ईञ्जिनियरहरु आउनुभएको छैन् । आज÷भोलीसम्ममा पुग्नुहुन्छ,’ नायब सुब्बा बिष्टले भने,‘सम्भवतः २० गतेसम्ममा जडान भएर परिक्षण सुरु हुन्छ ।’
मेशिनले एकपटकमा ९६ नमुना परिक्षण गर्ने र दिनमा सातसय जति नमुना परिक्षण गर्ने क्षमता रहेको अस्पतालले जनाएको छ ।
प्रदेश सरकारले चैतमै डोटी,कञ्चनपुर र बैतडीमा पिसिआर परिक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेको थियो । त्यस निर्णयको ढिलोगरी मेशिन डोटीमा पुगेको छ ।