महाकाली नदीमा जल सतह बढ्यो, कञ्चनपुरमा सतर्क रहन आग्रह

महाकाली नदीमा जल सतह बढ्यो, कञ्चनपुरमा सतर्क रहन आग्रह

अविरल वर्षासँगै महाकाली नदीमा जल सतह बढेकाले कञ्चनपुरमा बाढीको खतरा अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको डडेल्धुरास्थित परीगाउँमा जल सतह सतर्कता तह पार गरेकाले कञ्चनपुरमा बाढीको खतरा रहेको जनाएको छ ।

नदीमा ५.८० मिटरमा सतर्कता अपनाउनुपर्ने भए पनि जल सतह ६.०१ मिटर पुगेको जनाइएको छ । जल सतह ७ मिटर पुग्दा खतरा मानिन्छ ।

विभागले डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन चेतावनी दिएको छ ।