सुदूरपश्चिममा २ महिने शिशु सहित आज थप ५७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा २ महिने शिशु सहित आज थप ५७ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा आज थप ५७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १९ महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । पछिल्लो ३४ घण्टामा परिक्षण गरिएका २ सय नमुनामध्ये ५७ मा कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सप्तालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार २ महिने शिशु सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो । उनले डडेल्धुराको परशुराम नगरपालिकाका ४ जना पुरुष, डोटीको आदर्श गाउँपालिकाका १४ जना महिला र २३ जना पुरुष, कञ्चनपुरको बेलौरीका एक महिला र दुई पुरुष र भिमदत्त नगरपालिकाका एक महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको बताए ।

त्यसैगरी कैलालकिो भजनीका दुई महिला र ३ जना पुरुष, बर्दगोरीया गाउँपालिका वडा नम्बर २ का एक महिला र दुई पुरुषमा कोरोना देखिएको सुचना अधिकारी श्रेष्ठले बताए ।

केही साता यता घट्दै गएक संक्रमण दर फेरी बृद्धि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ भने नौँ जनाको मृत्यु भएको छ।