बाजुरामा पहिरोमा परी एकजना बेपत्ता

बाजुरामा पहिरोमा परी एकजना बेपत्ता

बाजुरामा पहिरोमा परि एक जना बेपत्ता भएका छन्। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा न १ अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका हुन।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईका अनुसार बेपत्ता हुनेमा सोही नगरपालिका वडा न १ अम्कोट निबासी २१ बर्षिया धर्मराज पाध्याय रहेका छन्।

बाख्रा चराउन गएको बेला माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन्। घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहेको प्रहरी नायव उपरिक्षक भट्राईले बताए।

उनले प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको बताए। वेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको नायव उपरिक्षक भट्राईले जानकारी दिए।