धनगढी विशालनगर क्षेत्र डुबानमा, दर्जनौ परिवार विस्थापित

धनगढी विशालनगर क्षेत्र डुबानमा, दर्जनौ परिवार विस्थापित

धनगढी : मंगलबार रातिदेखि परेको लगातारको बर्षाले धनगढीको विशालनगर क्षेत्र डुबानमा वरेको छ । धनगढी उपमहानगरपालिका वडा नं. २ र ३ का कतिपय स्थानमा सडकहरु पनि खहरे खोला जस्तै देखिन थालेका छन । डुबानमा परेका यस क्षेत्रका स्थानियहरुको घरभित्र पानि पसेपछि विचल्ली नै भएको छ ।

स्थानियहरु पानि निकासका लागि आफैँ जुटेको भएपनि बर्षा नरोकिएपछि समस्या भएको बताएका छन । घरभित्र पानि पस्दा खान बस्न र सुत्न समेत समस्या भईरहेको वडा नं. ३ विशाल नगरका स्थानिय बताउँछन । यत्ति हुँदा पनि स्थानिय तहका जनप्रतिनीधीहरुले कुनै वास्ता नगरेको उनीहरुको आरोप छ ।

धनगढी विशाल नगरका स्थानिय बिरबहादुर साउँदले ढल निकासको उचित व्यवस्थापन नहुँदा विशालनगर क्षेत्रका सम्पुर्ण घरहरु डुबानमा परेको बताए ।  

धनगढीका मुख्य सडक तथा विभिन्न स्थानहरु पनिले भरीभराउ भएपछि सामाजिक थुप्रै व्यक्तिहरुले सञ्जाल मार्फत पनि उद्धारको माग गरेका छन । जिम्मेवार निकायले यसतर्फ समयमा ध्यान नदिँदा यो समस्या धनगढीमा बर्षनी दोहोरिने गरेको स्थानियको बुझाई छ ।

सरकारले सम्भावित जोखिमको लोखाजोखा नै नगरी योजना निमार्ण गर्दा थप समस्या भोग्नुपरेको विशालनगरका एक स्थानिय अरुण सिँहले बताए । कतिपय भुमाफियाहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि नालीको आवश्यकता रहेको स्थानमा समेत सडक निर्माण गरेको उनको आरोप छ । आफ्नो घरपनि डुबानमा परेको बताउँदै यस बिषयमा नगरपालिका गम्भीर हुनुपर्ने उनको भनाई छ । 

यस्तै विशालनगरकै अर्का स्थानिय निराजन श्रेष्ठले स्थानियले यस्तो सास्ती भोगनुपर्दा समेत जनप्रतिनीधीहरुले ध्यान नदिएको आरोप लगाएका छन । उनले स्थानिय सरकारसँग राहात तथा उद्धारको माग गर्दै आक्रोस समेत व्यक्त गरे ।  

धनगढीको जलमग्न दृष्य सामाजिक सञ्जालमा राख्दै कतिपय व्यक्तिहरुले धनगढीमा पानि जहाजको आवश्यकता रहेको भन्दै व्यङग्य समेत गरेका छन । यतिमात्र होईन पानि जहाज खरिद पक्रिया सुरु गर्नुपर्ने सम्मका व्यङग्य प्रस्तुत गर्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने प्रयास गरिएको छ ।

तर धनगढी उप महानगरपालिकाका  उप प्रमुख शुसिला मिश्र भट्टले भने डुबानमा परेका सबै स्थानमा उद्धार र पानि निकासको काम भईरहेको दावी गरिन । उनले नाली निर्माण हुनुपर्ने स्थानमा समेत सडक निमार्ण गरिएको यो समस्या उत्पन्न भएको बताईन ।  

धनगढीका अधिकासं स्थानमा डुबान परेपछि यातयात सञ्चालनमा समस्या भएको छ भने व्यापार व्यवसाय समेत प्रभावित बनेको छ । वडा नं. ३ का केही वस्तीहरुमा घरबाट बाहिर निस्कनै नमिल्ने अवस्था सिर्जना भएको छ । धनगढीमा यस किसिमका दृष्य यस बर्षमात्र होईनन प्रत्यक बर्ष यस्तै हुन्छ । तर बर्षेनी दोहोरिने डुबानको समस्या समाधानका लागि भने नगरपालिकाले खासै तत्परता नदेखाएको पाईएको छ ।