कैलालीमा बाढीले बगाउँदा वेपत्ता भएका थप एक जनाको शब फेला, मृतकको संख्या तीन पुग्यो

कैलालीमा बाढीले बगाउँदा वेपत्ता भएका थप एक जनाको शब फेला, मृतकको संख्या तीन पुग्यो

धनगढी : कैलालीमा बुधबार अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ। भजनी नगरपालिका ८ का चक्र बहादुर बिकको समेत शव फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपन शमशेर जबराका अनुसार बुधबार बेपत्ता भएका बिकको शव आज दिउसो फेला पारेको हो । बेपत्ता भएका स्केल चौधरीको हिजो र ईश्वर शाहको आज बिहान शव फेला परेको थियो।

आज बिकको शव फेला परेसंगै बाढीका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्लाका विभिन्न ठाउँमा बाढीले सयौं घर परिवार विस्थापित भएका छन ।