सुदूरपश्चिममा कोरोना संक्रमण फेरी बढ्न थाल्यो, आज थप ११३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमण फेरी बढ्न थाल्यो, आज थप ११३ जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिमका आज एक सय १३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी आज एक सय १३ जनामा कोरोना पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुुसार धुलीखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको टीकापुरमा सातजनामा कोरोना संक्रमण देखिएको छ । टीकापुरमा १८ महिने शिशुमा समेत कोरोना देखिएको सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट  डाक्टर हेमराज पाण्डेयले जानकारी दिए । 

पछिल्लो २४ घन्टामा दुई सय ७१ जनाको थ्रोट स्वाबको नमुना जाँच गरिएको उनले बताए ।