कैलालीको टिकापुरमा एक किशोरी मृत फेला

कैलालीको टिकापुरमा एक किशोरी मृत फेला

धनगढी : कैलालीको टिकापुर नगरपालिकामा एक किशोरी मृत फेला परेकी छन । 

नगरपालकाको वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षिय किशोरी पुजा थापा शुक्रवार विहान मृत फेला परेकी हुन । 

ईलाका प्रहरी कार्यालय टिकापुरले थापा घर नजिकै फेला परेको जनाएको छ । मृतकका परिवारका अनुसार पुजा विहिवार विहान ९ बजे घरबाट निस्केकी थिईन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले घटनाको अनुसनधान भईरहेको बताए । 

उनले मृतकको शव पोष्ट माष्र्टमका लागि टीकापुर अस्पतालमा लगिएको जानकारी दिए । 

‘हामीले सवै घटनालाई शकास्पद रुपमै राखेर अनुसन्धान गर्ने हो । अहिले नै हत्या वा आत्महत्या के हो भन्न सकिने अवस्था छैन । अनुसन्धान र पोष्टमार्टम रिपोर्टपछि थाहा हुन्छ ।’ उनले भने ।
फाेटाे : यज्ञराज उपाध्ययकाे फेसबुकबाट