नेकपा अछामका युवा नेता थापाले गरे जन्मदिनमा आर्थिक सहयोग

नेकपा अछामका युवा नेता थापाले गरे जन्मदिनमा आर्थिक सहयोग

अछाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अछामका जिल्ला कमिटी सचिवालय सदस्य तथा चौरपाटी गाउँपालिकाका इन्चार्ज राम बहादुर थापाले आफ्नो जन्मदिनमा सहयोग गरेका छन ।

उनले ब्रेन ट्युमरका विरामी चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनीका चौठे साउँदलाई ३ हजार ४ सय रुपैंया आर्थिक सहयोग गरेका हुन । थापाले आफ्नो जन्मदिनका अवसरमा साउँदको जीवन रक्षाका लागि आर्थिक सहयोग गरेको बताए ।

साउँदको टाउकाको अप्रेशन गर्न ६ लाख रुपैंया उपचार खर्च लाग्ने भएकाले आफुले केही आर्थिक सहयोग गरेको थापाले जानकारी दिए । लामो समय देखि सामाजिक सेवामा सक्रिय थापाले विभिन्न समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएका छन ।

उनी आफ्नो जन्मदिनमा हरेक बर्ष दुखि, गरिब र असाहायलाई समेत सहयोग गर्दै आएका छन । साथै उनले ब्रेन ट्युमरका विरामी साउँदको उपचारमा सहयोग गरिदिन सबैलाई अपिल गरेका छन ।

ब्रेन ट्युमरका विरामी साउँदको आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा समस्या हुदैँ आएकाले सबैलाई सक्दो सहयोग गर्न उनले अनुरोध गरेका हुन ।

तस्वीर : ब्रेन ट्युमरका विरामी चौठे साउँद