कञ्चनपुरमा वडाध्यक्ष महरामाथि कुटपिट गर्ने ७ जना धरौटीमा रिहा

कञ्चनपुरमा वडाध्यक्ष महरामाथि कुटपिट गर्ने ७ जना धरौटीमा रिहा

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने ७ जना स्थानिय धरौटीमा रिहा भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका ७ युवक जनही ५ हजार रुपैयाँ धरौट बुझाएर रिहाई भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

रिहाई हुनेमा शुक्लाफाँटा नगरपालिका–८ का नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्ना लगाएत बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, आन्नद सिंह ठगुन्ना,र लोकेन्द्र ठगुन्ना रहेको उनले बताए ।

गत आइतबार विहान साढे १० बजेतिर वडा कार्यालयमा सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र राष्ट्रिय परिचयपत्रको काम भईरहेको बेला एक्कासी नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका ती युवाले वडा कार्यालयमा अध्यक्ष महरालाई कुटपिट गरेको आरेप लगाइएको थियो ।