कैलाली प्रशासनद्धारा सवारी पास रद्ध, अब यी व्यक्तिले मात्रै पास पाउने !

कैलाली  प्रशासनद्धारा सवारी पास रद्ध, अब यी व्यक्तिले मात्रै पास पाउने !

धनगढी : नेपालमा फेरी कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले अन्य जिल्लामा आवतजावत गर्न दिँदै आएको सवारी पास दिन बन्द गरेको छ । आज एक सुचना जारी गर्दै कैलाली प्रशासनले सो कुराको जानकारी दिएको हो ।

यदपी प्रसाशनले सवारी पास वितरणले कार्यालयको सेवा प्रवाहमा असर परेकाले पास स्थगित गरिएको जनाएको छ। तर अत्यावश्यक परिस्थितीहरु काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी तथा तीन जना कुरुवालाई पास दिईने बताईएको छ ।

यस्तै सरुवा भएका कर्मचारी तथा निजको परिवार र विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराइने कैलाली प्रशासनले जनाएको छ।