सुदूरपश्चिममा पहिलोपटक खुडे ओठको उपचार निसर्ग हस्पिटलमा ।

सुदूरपश्चिममा पहिलोपटक खुडे ओठको उपचार निसर्ग हस्पिटलमा ।

धनगढी  : डोटीको आदर्श गाउँपालिकाकी राधीकाकुमारी खड्काले नौ महिना पहिले सन्तानको रुपमा छोरीलाई जन्म दिइन ।

सन्तान जन्मिएको खुशीभन्दा छोरीको माथिल्लो ओठको बिचमा चिरा परेको देखेपछि खड्का दम्पती निकै चिन्तित भए । राधिका र उनका श्रीमान तिर्थलाई के गर्ने रु कसो गर्ने रु भन्ने पिर पर्यो । डाक्टरले ३ महिनापछि बच्चाको ओठको अप्रेसन गरेर मिलाउन सकिने बताए । 

डाक्टरको कुराले उनीहरुलाई राहतभन्दा पनि भारतमा बसिरहेका तिर्थ र राधिकालाई किन र के कारणले यस्तो भएको होला रु भन्ने पिरले पिरोल्यो । यस्तै चिन्ताका बीच नेपाल फर्किएका खड्का दम्पति कोरोना माहामारीका कारण भारत फर्कन सकेनन ।

के गर्ने र कसो गर्ने भन्ने चिन्ताकै बीच अहिले उनीहरुको बच्चाको उपचार निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले गरेको छ । सुदूरपश्चिममा पहिलोपटक खुडे ९अभिात ष्उि०को यति ठूलो उपचार निसर्ग अस्पतालमा सम्भव भएको हो ।

 कसरी गरियो ? 
अस्पतालले बच्चालाई सुरक्षा मापदन्ड प्रोटोकल पुरा गरेर अप्रेसन गरेको हस्पिटलका अध्यक्ष तीर्थ पन्तले बताए । अस्पतालले पोष्ट अप्रेसन युनिटसहितको सुबिधा सम्पन्न ठाउँमा राखेर बच्चाको उपचार गरेको थियो । पेडियाट्रिक केयर सिस्टम अन्तर्गतको नेपालकै पहिलो पेडियाट्रिक ओरल एण्ड म्याग्जिलोफेसियल सम्बन्धी छुट्टै युनिट निसर्गममा स्थापना भएको हो ।

बच्चाको जिब्रो जोडिएको, हेमान्जियोमा, चोटपटकहरु , संक्रमित घाउहरु घाँटी, अनुहार तथा मुखको सम्पूर्ण सल्यक्रिया अस्पतालले गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । त्यसैले बालिकाको उपचार वरिष्ठ मुख,अनुहार तथा बंगारा विशेषज्ञ डा=दिपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा। हेमन्त ओझा, बरिस्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा। दिपक पौडेल, नाक कान घाँटी तथा हेड एण्ड नेक सर्जरी बिशेषज्ञ डा।अजय वैश्य लगाएतको टिमले गरेको हो । 

मानव शरीरमा देखा पर्ने जन्मजात खोटमध्ये ओठ–तालुको खुडेपन दोस्रो मुख्य भएको चिकित्सकहरु बताउँछन । यो गर्भावस्थामा बच्चा बन्ने क्रममा विभिन्न कारणले ओठ तथा मुख बनाउने अंग ९मेडिएन न्याजल प्रोसेस र प्यालटाइन प्रोसेस अफ म्याग्जीला० मा खराबी आइदिनाले हुन्छ । संसारमा करिब सात सय जनामध्ये एक जनामा यस किसिमको समस्या हुने गरेको चिकित्सकहरु बताउँछन ।

नेपालको सन्दर्भमा एक हजार शिशुमध्ये १ दशमलव ६४ जना यस किसिमको खोटले ग्रसित भएको निसर्ग अस्पतालले जनाएको छ । हाम्रो मुलुकमा झण्डै ५० हजार जना ओठ–तालुको खुडेपनबाट ग्रसित भएको बताइन्छ । खुँडे ओठ पुरूषमा बढी र खुँडे तालु महिलामा बढी भएको एक तथ्यांकले देखाउँछ । खुडेपन वंशाणुगत तथा वातावरणीय वा कुनै अज्ञात कारणले हुने चिकित्सकहरुको भनाइ छ ।

सन् २०१० देखि २०११ सम्ममा पाकिस्तानमा गरिएको एक अध्ययनअनुसार करिब १८ प्रतिशत समस्या गर्भावस्थामा धेरै ज्वरो आउने, छारे रोगको उपचारमा प्रयोग हुने सोडियम भाल्प्रोएट नामको औषधिको सेवन र वंशाणुगत गुणको कारण हुने गरेको पाइएको छ ।

८२ प्रतिशतको कारण अज्ञात नै रहेको पाइएको छ । खुँडे ओठ र खुँडे तालु हुनुका अन्य कारणहरूमा फोलिक एसिड र भिटामिन ए को कमी, रुबेला भाइरसको संक्रमण र अक्सिजनको अभाव, रक्सी तथा चुरोट सेवन, एक्सरे विकिरण भएको चिकित्सकहरु बताउँछन । निसर्गमा उपचार गरिएकी बालिकाको अबस्था अहिले राम्रो रहेको हस्पिटलका अध्यक्ष तिर्थ पन्तले बताए ।