बाजुरा जिल्ला कारगारका कैदिसंग भेटियो चरेस र मोबाइल

बाजुरा जिल्ला कारगारका कैदिसंग भेटियो चरेस र मोबाइल

बाजुरा जिल्लाको कारागार भित्रको अनुगमनमा ९ ओटा मोबाइलका साथै चरेश समेत भेटीएको छ । जिल्ला स्थित सरकारी टोली गरेको छड्के अनुगमनमा ९ थान मोबाइल र एक टुक्रा चरेश समेत भेटाएको बताइएको छ ।

सहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठ, ससस्त्र प्रहरी वल बाजुराका प्रहरी नायव उपरिक्षक श्याम रावल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकाया लगायतको टोलीले कारागार अनुगमन गर्दा ९ ओटा मोबाइल र एक टुक्रा चरेश समेत फेला पारेको प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताएका छन ।

कारगार भित्र रहेका कैदी र बन्दीको अबस्थाका बारेमा बुझ्न छड्के अनुगमनमा गएको टोलीले भित्रै मोबाइल लगेको देखीएपछी बरमत गरेको र मोबाइल थुत्न लाग्दा एक जना कैदीको पर्समा १ टुक्रा चरेस समेत भेटाएको प्रहरी निरीक्षक रोकायाले बताए ।