सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा भदौमा हुने

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा भदौमा हुने

धनगढी : कोरोनाका कारण स्थगित भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका परीक्षा आगामी भदौदेखि सञ्चालन हुने भएका छन्।

नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि स्थगित गरिएका विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गतका फरक÷फरक तहका परीक्षा आगामी भदौ तेस्रो सातादेखि सञ्चालन हुने भएका हुन्।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना निकालेर स्थगित स्नातक तह प्रथम र तृतीय सेमेस्टरका परीक्षाहरु कोरोनाको अवस्था सहज भएमा भदौ तेस्रो सातादेखि सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

यसैगरी स्नातक पाँचौ र सातैँ सेमेस्टर तथा बिबिएस प्रथम, द्वितीय, तृतीय र चतुर्थ वर्षका परीक्षाहरु असोज दोस्रो साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ। साथै स्नातकोत्तर तह प्रथम र तृतीय सेमेस्टरका परीक्षार्थीलाई समेत उक्त समयमा तयारी अवस्थामा रहन भनिएको छ।

परीक्षासम्बन्धी विस्तृत समय तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिए। उक्त मितिमा परीक्षाका लागि सम्बन्धित सरोकारवाला क्याम्पस तथा विद्यार्थीलाई तयारी अवस्थामा रहन पनिकाले आग्रहसमेत गरेको छ।