कैलालीमा एक वृद्ध जङ्गलमा मृत फेला

कैलालीमा एक वृद्ध जङ्गलमा मृत फेला

धनगढी : कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नंम्वर १० मा एक बृद्ध मृत अबस्थमा फेला परेका हुन् । सलानी सामुदायिक वनमा स्थानिय ६६ बर्षिय चन्द्र सिंह कोली मृत फेला परेका हुन्।

शुक्रवार साझ साढे ५ बजे कोली मृत अवस्थामा भेटिएका हुन्। उनी रुखमा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण भने खुल्न सकेको छैन्।