आज मुस्लिम समुदायको महान पर्व बकर इद्, प्रधानमन्त्रीले दिए शुभकामना

आज मुस्लिम समुदायको महान पर्व बकर इद्, प्रधानमन्त्रीले दिए शुभकामना

आज मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) पर्व परेको छ । आज बकर इद्को दिन मुस्लिम समुदायले  सामूहिक रुपमा नवाज पढ्ने गर्दछन् । तर अहिले कोरोनाभाइरसको संक्रमणका कारण मुस्लिम समुदायले घरमै बसेर नवाज पढेर बकर इद् मनाउदैछन् । 

आज बकर इद् को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाली मुसलमानलाई शुभकामना दिएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाली मुसलमान दिदीवहिनी तथा दाजुभाइमा सुख , शान्ति , सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका हुन् ।