पाँच हजारले श्रम स्वीकृति लिए

पाँच हजारले श्रम स्वीकृति लिए

वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् ।

गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएयता चार हजार ८५० जनाले पुनः श्रम स्वीकृति दिएका हुन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेको थियो ।

सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने अधिकार दिएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को विषयमा छलफल गर्न असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका वा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको छ ।