शहीद भीमदत्त पन्तको ६८ औँ स्मृति दिवस मनाइँदै

शहीद भीमदत्त पन्तको ६८ औँ स्मृति दिवस मनाइँदै

शहीद भीमदत्त पन्तको आज ६८ औं स्मृति दिवस मनाइँदैछ। गरीब र किसानका पक्षमा संघर्ष गर्दागर्दै तत्कालीन शासकले उनको हत्या गरेको सम्झनामा शनिवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ।

स्मृति दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुरा बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ। यस्तै दिउँसो १ बजे अन्तरक्रिया र साँझ ७ बजे दिवप्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका सचिव विरेन्द्र बस्नेतले जानकारी दिए।

डडेल्धुरामा जन्मिएर शोषकविरुद्ध संघर्ष गर्दागर्दै विक्रम संवत् २०१० साउन १७ गते उनको हत्या भएको थियो। शहीद भीमदत्तको योगदान र विचारलाई जोगाइराख्न उनको नामबाट विभिन्न संघसंस्था र प्रतिष्ठान स्थापना गरिएका छन्।

कञ्चनपुरमा तत्कालीन महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरेर शहीदकै नामबाट भीमदत्त नगरपालिका राखिएको छ। २०७२ फागुन १९ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पन्तलाई शहीद घोषणा गरेको थियो।