सेती नदीमा बगेर दुई जना बेपत्ता

सेती नदीमा बगेर दुई जना  बेपत्ता

 सेती नदीमा बगेर दुई जना स्वास्थ्यकर्मी वेपत्ता भएका छन्। डडेल्धुरा परशुरामका हरी जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह वेत्तपा भएका हुन्।

उनीहरु डोटीको शिखर नगरपालिका १० स्थित सेती नदीमा नुहाउने क्रममा वेत्तपा भएका हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिषक कर्ण बोहराले दुबै जनाको खोजी भईरहेको बताए।

‘डडेल्धुराबाट उनीहरु शैलेश्वरीको दर्शनका लागि डोटी पुगेका थिए,’ उनले भने, ‘दर्शन गरेर फर्किने क्रममा सेती नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा वेपत्ता भएका हुन्।’