कोभिड १९ बाट रोजगारी गुमेकालाई उद्यमशिल बनाइने

कोभिड १९ बाट रोजगारी गुमेकालाई उद्यमशिल बनाइने

धनगढी ।   जिल्ला लद्यु उद्यमी समुह संघ, धनगढीको आयोजनामा उद्यमशीलता विकास तालिम शनिवार सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिका स्थित फुलवारी (डिपो बजार) मासंचालन भएको कार्यक्रममा उद्यमशिलता क्षेत्रमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 युएनडिपीको आर्थीक सहयोग, धनगढी उपमहानगरपालिका समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।  कोभिड १९ का कारण रोजगारी गुमाएका परिवारलाई लक्षीतगरि तालिमको आयोजना गरिएको हो, तालिम कोभिड १९ प्रभावितका लागी समाजिक आर्थीक रिकभरी परियोजना अन्तरगत आयोजना गरिएको कार्यक्रम संयोजक चाँदनी शाहीले जानकारी दिनुभयो । 
तालिम पश्चात प्रक्रिया बमोजिम छनौट भएका सहभागीलाई व्यवसाथीक ज्ञानका साथै, कार्ययोजना बमोजिम कार्य गर्न परामर्श तथा आवश्यक सहयोग गरिने संयोजक शाहीले जनाउनु भयो । 
व्यवसाय संचालनका लागी आवश्यक रकम सहुलियत व्याजमा उपलव्ध गराउन मेगा बैकं तयार कुरा पनि उक्त कार्यक्रममा जानकारी गराईएको छ । 

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लद्यु उद्यम विकास बिशेषज्ञ भिम बहादुर विष्ट, जिल्ला लद्यु उद्यमी समुह संघका उपाध्यक्ष लालमती राना लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।

 कार्यक्रमको अध्यक्षता धनगढी उपमहानगरपालिका १४ का वडा अध्यक्ष राम बजारी चौधरीले गरेका थिए ।