डा.डिला सग्रौला भन्छिन् : प्रधानमन्त्री र गृहमन्त्रीले कुर्चिको आडमा निर्मलाका हत्यारा लुकाए

डा.डिला सग्रौला भन्छिन् : प्रधानमन्त्री र गृहमन्त्रीले कुर्चिको आडमा निर्मलाका हत्यारा लुकाए

धनगढी : नेपाली कांग्रेसकी केन्द्रिय सदस्य  डा.डिला सग्रौलाले बलात्कारपछि हत्या गरिएकी कञ्चानपुरकी निर्मला पन्तका हत्यारालाई सरकारले नै सरक्षण गरिरहेको आरोप लगाएकी छन ।

जसका कारण देशमा दिनप्रति सयौँ निर्मलाहरु बलात्कृत भईरहेको उनको भनाई थियो ।महेन्द्रनगरमा पुगेर निर्मलाका लागि न्यायिक अभियान सञ्चालन गरेकी सग्रौलाले शनिवार विहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापाले कुर्चिको आडमा निर्मलाका हत्यारा लुकाएको आरोप लगाईन् ।

‘सिहदरवारमा बुर्चिमा बसेर बलात्कारी र हत्यारालाई सरक्षण गरिएको छ ।’ उनले भनिन्, ‘कुर्चिको आडमा बलात्कारी र हत्यारालाई सरक्षण गर्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई कृर्चिमा बसिरहने अधिकार छैन । राजीनामा दिनुपर्छ ।’

उनले प्रधामन्त्रीका फोटा पोल र सडकका भित्तामा टासेर नयाँ युग सुरु नहुने बताईन् ।उनले भनिन्, ‘फोटो हैन प्रधानमन्त्री ज्यु, फोटो हैन, न्याय नपाएकालाई न्याय दिनुस् । भ्रष्टाचार रोक्नुस । सुशासन कायम गर्नुस्. । आफै सुरु हुन्छ नयाँ युग ।’