कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षीया युवती रहेकी छिन् । 

उनको सोमबार अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । पखला लगेपछि स्थानीय अस्पतालमा उपचार गराएकी उनलाई गाह्रो भएपछि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ ।

 मृत्यु पछि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा गएराती उनको  कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।यससँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

युवतीको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।