बाढीले कैलाली कञ्चनपुरका हुलाकी राजमार्ग अरुद्ध

बाढीले कैलाली कञ्चनपुरका हुलाकी राजमार्ग अरुद्ध

धनगढी : अबिरल बर्षापछि साउन १४ गते आएको बाढीका कारण धनगढी शत्ती जोड्ने हुलाकी राजमार्गको ठाउँठाउँमा क्षेती पुगेपछि आवत जावत नै बन्द भएको छ ।

बाढीले हुलाकी सडकको धेरै स्थानमा क्षेती पुगेको भएपनि भजनीको सोनाफाँटा र गुलरिया क्षत्रमा भने राजमार्ग नै बगाएपछि अहिले सो क्षत्रमा आवत जावत ठप्प भएको हुलाकी सडक कार्यालय धनगढीका इन्जिनियर पदम मडैले बताए ।

कान्द्रा नदीमा आएको बाढीका कारण सोनाफाँटा र कृष्णपुर क्षत्रमा पर्ने हुलाकी राजमार्गको २० देखी २५ मिटर सडक पूर्ण रुपमा बगाएको उनले बताए ।

सडकनै बगाएर आवत जावत बन्दभएपछि तत्कालै बाटो मर्मत गर्न ठेकदारलाई पत्रपठाइएको इन्जिनियर मडैले बताए । उनका अनुसार धनगढी, शत्ती अन्तरगतको हुलाकी सडक विस्तार गर्दै दुई लेनको बनाउनका लागि स्वच्छन्द जेभी कन्ट्रक्सनले ठेक्का पाइसकेकाले बिग्रेको सडक मर्मत गर्ने जिम्मा पनि सोही कम्पनिको हुन्छ ।

‘हुलाकी सडक दुई लेनमा विस्तार गर्न नयाँ ठेक्का भइसकेको छ’ इन्जिनियर मडैले भने–‘ठेक्का अवधीभर सडक विग्रे सोही निर्माण कम्पनिले मर्मत गर्नुपर्दछ, हामीले सोमबार नै सडक मर्मत गर्न ठेकदार कम्पनिलाई पत्र पठाईसकेका छौं । ठेकदार कम्पनिले भोलीदेखी सडक मर्मत गर्ने जानकारी दिएको उनले बताए ।