कञ्चनपुरका ३ वडा सिल

कञ्चनपुरका ३ वडा सिल

धनगढी : कोरोना भाइरस कोभीट–१९ को सङ्क्रमण देखा परेपछि कञ्चनपुरमा ३ वडा सिल गरिएको छ। जिल्लाको भीमदत्तनगरपालिका वडा नम्बर १२ ले कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै मङ्गलवार राति १० बजे देखी लागुहुने गरी वडालाई लकडाउन गरिएको जानकारी दिएको हो। 

भारतबाट आएका व्यक्तिहरूले क्वारेन्टाईनमा नबसी खुलेआम पसल, तथा अन्य घरहरूमा गई जोखिम बढाउने गरेका भन्दै बाध्य भएर वडा सिल गर्नुपरेको वडा नम्बर १२ का अध्यक्ष कृष्ण सिंह देउवाले बताए।

अर्को सूचना जारी नहुँदासम्म वडामा रहेका सबै पसल र वडाभित्र आवतजावत पूर्ण रूपमा बन्द गरिएको उनले बताए। यसअघि भीमदत्तका १३ र १७ वडाले पनि जोखिम बढ्दै गइरहेको भन्दै वडालाई सिल गरिसकेका छन्।