कोरोना संक्रमण बढेपछि कैलालीको कैलारी गाउँपालिका अनिश्चितकालका लागि 'लकडाउन'

कोरोना संक्रमण बढेपछि कैलालीको कैलारी गाउँपालिका अनिश्चितकालका लागि 'लकडाउन'

धनगढी : कैलालीको कैलारी गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गरिएको छ । गाउँपालिका अध्यक्ष लाजुराम चौधरीका अनुसार मङ्गलवार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अनिश्चितकालका लकडाउन गरिएको हो ।

बुधबार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।