कैलालीमा बलात्कारको आरोपमा वडासचिव पक्राउ

कैलालीमा बलात्कारको आरोपमा वडासचिव पक्राउ

धनगढी : कैलालीका एक वडा कार्यालयका सचिव बलात्कारको आरोपमा पक्राउ परेका छन् । भजनी नगरपालिका वडा नम्बर–४ का वडा सचिवलाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

भजनीकै एक महिलाले आफूलाई वडासचिव सुमन कुमार चौधरीले बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

भजनीकै महिलाले आफूलाई वडा सचिवले जबरजस्तीकरणी गरेको भन्दै पीडकलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि बुधबार इलाका प्रहरी कार्यालय भजनीले वडा सचिव सुमनकुमार चौधरीलाई पक्राउ गरेको प्रहरी निरिक्षक थापाले बताए ।