कैलालीमा मास्क नलगाउने करिब २२ हजार जना कारबाहीमा

कैलालीमा मास्क नलगाउने करिब २२ हजार जना कारबाहीमा


कैलालीमा मास्क नलगाउने करिब २२ हजार जना कारबाहीमा परेका छन् ।

प्रशासनले सुरक्षित ढङ्गले मास्क लगाएर हिँड्न आग्रह गरे पनि कैलालीका अझै पनि अधिकांश व्यक्तिहरूले लापरबाही गर्ने गरेको पाइएको छ ।  मास्क नलगाउने अहिले सम्म २१ हजार ७ सय २३ जना कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो ।

उनले १३ हजार ९ सय २८ जना पुरुष र ७ हजार ७ सय ९५ जना महिला कारबाहीमा परेको जानकारी दिनुभयो । १ हजार बढिलाई हामीले मास्क वितरण गरेका छौँ उनले भने ‘५३ जनाले १ सय रुपैयाँ जरिवाना समेत तिरेका छन् ।