आफ्नै आमाको हत्या आशंकामा छोरा पक्राउ

आफ्नै आमाको हत्या आशंकामा छोरा पक्राउ

दार्चुला : दार्चुलामा आफ्नै आमा हत्याको आशंकामा छोरा पक्राउ परेका छन् । जिल्लाको दुहुँ गाउँपालिका —३ ब्रम्हदेवका ८० वर्षीया वृद्ध आमा नारुदेवी बमको ५३ वर्षीय छोरा नरबहादुर बमले हत्या गरेको आशंकामा पक्राउ परेका हुन् ।

स्थानियका अनुसार ८० वर्षीय आमालाई लाठ्ठीले पिटेर बेहोस बनाएको तथा लगत्तै घर नजिकै रहेको खोलामा फालेका थिए । नरबहादुरको मानसिक अवस्था ठीक नभएको जनाइएको छ । स्थानियकै अनुसार उनले लाठ्ठीले पिटेपछि बेहोस भएकी आमालाई घर नजिकैको खोलामा लगेर पानीको खाल्टोमा राखेका थिए ।

प्रहरीका अनुसार घरबाट आमालाई नुहाउँन लग्छु भन्दै हत्या गरेको अवस्थामा वृद्धको शव फेला परेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ । आरोपित नरबहादुरलाई अहिले ब्रह्मदेव प्रहरी चौकीबाट घट्ना स्थल पुगेका प्रहरीले नियन्त्रणमा लिएका छन् ।

घट्नाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भाष्कर चन्दको कमाण्डमा प्रहरीको टोली घट्ना स्थल तर्फ गएको छ ।