अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली बाढी प्रभावित क्षेत्रमा (फोटो फिचर)

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोली बाढी प्रभावित क्षेत्रमा (फोटो फिचर)

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीले कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । समितीका सभापति गोविन्द कुवँरको नेतृत्वमा प्रभावित क्षेत्रमा पुगेको टोलीले तत्काल र दिर्घकालिन रुपमा समस्या समाधानका लागी विस्तृतरुपमा योजना बनाउन सुझाव संकलन तथा स्थलगत रुपमा त्यस क्षेत्रको अवस्था बुझ्ने कार्य गरेको छ । 

समितीको टोलीले भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, प्रभावित र पुर्ण विस्थापित परिवारका बारेमा जानकारी लिएको थियो । 

समितीले स्थलगत अनुगमन पछी त्यस क्षेत्रको बाढी, डुवान तथा विस्थापित परिवारको अवस्था बारेमा अध्ययन प्रतिवेदन तयार गरेर कार्यन्वयनका लागी सरकार लाई सुझाव सहित सार्वजनिक गर्नेछ ।  बर्षेनी आउने विपतका व्यवस्थापनका लागी सरकारलाई आवश्यक दिगो पहल गर्न पनि सुझाइने समितीका सदस्य तथा पुर्व मन्त्री दिर्घ सोडारीले बताउनु भयो ।

अनुगमन तथा त्यस क्षेत्रका स्थानियहरु संगको छलफल पछी प्रतिक्रिया दिदै समितीकै अर्का सदस्य पुर्णा जोशीले उक्त क्षेत्र बाढी तथा डुवानको उच्च जाखीममा रहेको बताउदै प्रभावित क्षेत्र नै घोषणा गरेर आवश्यक नितिगत कदम चाल्नुपर्नेमा जोड दिनुभयो । कुटनितीक र प्राविधिक रुपमा पहल गरेर उचित आवासको प्रवन्ध गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । रानिजमरा सिचाइ, हुलाकी राजमार्ग लगायतका कारण डुवानको खतरा बढेको स्थानियको भनाइरहेको छ । समितीका सभापति कुवँरले आवश्यक राहत तथा व्यवस्थापनका लागी समितीले प्रदेश सरकारलाई सुझाव दिने र पहलगर्नेमा त्यस क्षेत्रका अगुवाहरुलाई जानकारी दिनुभयो । 

बाढीबाट भजनी नगरपालिकाको वडा नम्बर ८,३ अति प्रभावित क्षेत्र थियो । वडा नम्बर ८ को छछरवा, जनकपुर, दैलेखी टोल, सोनाफाटालगायतका क्षेत्रमा आठ दिन अघि आएको बाढीले प्रभाव पारेको थियो । सोही बाढीमा परि वडा नम्बर ८ जनकपुरका १० वर्षीय इस्केल चौधरी, ३३ वर्षीय चक्रबहादुर विक र काँडाढिकका ४० वर्षीय इश्वर शाहको मृत्यु भएको थियो ।

टोलीको भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। टोलीमा भजनिनगर पालिकाका नगरप्रमुख, निमित्त प्रशासकिय अधिकृत, पुर्व संविधानसभा सदस्य हरि श्रीपाइली लगायत भौतिक पूर्वाधार मन्त्रालय मातहातको उर्जा तथा जलस्रोत महाशाखाका विज्ञ टोलीको पनि सहभागिता रहेको थियो ।