धनगढी उपमहानगरपालिकाको कवाडी कर संकलनको ठेक्का प्रक्रिया अझै टुङ्गो लागेन

धनगढी उपमहानगरपालिकाको कवाडी कर संकलनको ठेक्का प्रक्रिया  अझै टुङ्गो लागेन

धनगढी : धनगढी उप-महानगरपालिकाको कवाडी कर संकलनको ठेक्का सम्झौता अझै टुङ्गो लाग्न सकेको छैन । बोलपत्रका लागि पटक पटक सुचना जारी गर्दा पनि ढिलो गरी चौथो पटकको सुचना पश्चात मात्रै प्रस्ताव पेस भएकोले ढिलाई भईरहेको नगरपालिकाले जनाएको छ ।

अन्तिम पटक असार २५ गते प्रकासित गरिएको सुचनामा कबोल अंक ८१ लख कायम गरिएको छ । त्यस पश्चात भने केही प्रस्ताव पेस भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले बताए ।

उनले ती प्रस्तावहरु मुल्याङ्नको चरणमा रहेकोले जानकारी दिए । यस्तै उहाँले कहिले टुङगो लाग्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । 

यसअघि धनगढी उपमहानगर पालिकाले २०७७ बैशाख २५ गते कवाडी कर संकलन गर्ने सम्बन्धी एक निर्णय गरेको थियो । सोही अनुरुप बैशाख ३० गते पहिलो पटक टेन्डर आवाह्नका लागि ३० दिने सुचना प्रकाशित गरियो ।

जस अन्तर्गत पहिलो पटकका लागि कबोल अंक १ करोड ३५ लाख कायम गरियो थियो । सुचना प्रकासित भएपनि कसैले बोलपत्र पेस नगरेपछि दोश्रोपटक जेठ ३२ गते पुनः बोलपत्र आवाह्नका लागि १५ दिने सुचना प्रकासित भयो ।

पहिलो पटक १ करोड ३५ लाख कायम गरिएको कबोल अंक दोश्रोपटकको सुचनामा भने घटाएर १ करोड १५ लाख कायम गरियो । पहिलो र दोश्रो पटक गरी सुचना जारी गरेको ४५ दिन सम्म पनि कसैले बोलपत्र पेस गरेनन् ।

त्यसपछि नगरपालिकाले तेश्रो चरण अन्तर्गत असार १७ गते १ करोड कबोल अंक कायम रहने गरी बोलपत्र आवाह्नका लागि सुचना जारी गरेको थियो । नगरपालिकाको प्रयास जारी छ भने निरन्तरको प्रयास सँगै कबोल अंक पनि क्रमशः घटाउँदै लगिएको छ ।

उक्त सुचनाले पनि काम नगरेपछि नगरपालिकाले चौथो पटक असार २५ गते ८१ लाख कबोल अंक रहने गरी ७ दिने सुचना प्रकासित गरेको छ । चौथो पटकको सुचना प्रकासित गरिएपछि भने केही बोलपत्र पेस भएका छन ।

हाल पेस भएका प्रस्ताव मुल्याङनको चरणमा रहेको नगरपालिकाले जनाएको छ । व्यवसायीले कबोल अंक चित्त बुझ्दो नभएको भन्दै बोलपत्र पेस गर्नलाई आनाकानी गरेको जनाईएको छ । 

यसरी धनगढी उपमहानगरपालिकाको कवाडी कर संकलनको प्रक्रियामा ढिलाई भईरहेको छ । तर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनीधीहरु भने ढिलाई भएको मान्न तयार छैनन ।

सम्पत्ती कर तथा राजस्व शाखाका प्रमुख लेखनाथ ओझाले भने व्यवसायीहरुको आन्तिरीक विवादका कारण ठेक्का प्रक्रियामा ढिलाई भईरहेको बताएका छन । यस बिषयमा नगरपालिकाका केही कर्मचारी तथा जनप्रतिनीधीसँग बुझ्न खोज्दा स्पष्ट सुचना दिन समेत आनाकारी गरेका छन ।

धनगढी उपमहानगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले प्रक्रियाको चरणमा रहेकाले यसबारे सबै सुचना दिन नमिल्ने बताए । 
 
ठेक्का प्रक्रियाको टुङगो नै नलागेपछि भने तत्कालका लागि नगरपालिकाले आफै कवाड संकलन गरीरहेको छ । लकडाउनका कारण होटल रेष्टुरेन्ट तथा पसल तथा उद्योगहरु सञ्चालनमा नरहेका कारण पनि कवाड संकलन कम हुने भएकाका कारण पनि व्यवसायीहरु बोलपत्र पेस गर्न हिचकिचाउने गरेका छन । प्रमुख प्रशासकिय सापकोटाले भने ढिलाई हुनुमा नगरपालिकाको कुनै दोष नभएको दावी गरे ।  

धनगढी उपमहानगरपालिकाको कवाडी कर संकलन कार्य निकै विवादास्पद बनेको छ । बैशाख २५ गते गरिएको निर्णयले हाल सम्म पनि पुर्णता नपाउँदा विवादित र आचोचित बनेको हो ।

अझ कतिपयले त नगरपालिकाका कर्मचारी र जनप्रतिनीधीकै मिलेमतोमा ऐन विपरीत ठेक्का सम्झौताको प्रयास भएको बताएका छन । लामो समयदेखी प्रक्रियामै रहेको कवाडी कर संकलनको काम अझैपनि तत्काल टुङ्गो लाग्ने संकेत छैन् ।