लागु औषध सहित एक जना पक्राउ

लागु औषध सहित एक जना पक्राउ

दार्चुलामा लागु औषध सहित एक जना पक्राउ परेका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ दुमपानी बस्ने २४ वर्षीय गणेश राम भूल लागु औषध सहित पक्राउ परेका हुन् । चेकजाँचको क्रममा लागु औषध भेटिएपछि बंगाबगडबाट भूललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए । भूलको साथबाट कोरेक्स २२ सिसी र स्पाश प्लस ४ सय २४ क्याप्ससुल बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । भूल भाग्न खोज्दा प्रहरी माथि नै आक्रमण गर्न तम्सिएका थिए । जसका कारण प्रहरी जवान सामान्य घाइते समेत भएका छन् । लागुऔषध सहित पक्राउ परेका भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।