धनगढीमा जोर-विजोर प्रणाली उल्घंन गर्ने सवारी साधन कारवाहीमा, चेकजाँचमा थप कडाई

धनगढीमा जोर-विजोर प्रणाली उल्घंन गर्ने सवारी साधन कारवाहीमा, चेकजाँचमा थप कडाई

धनगढी : कैलालीमा सरकारले लागु गरेको जोर विजोर प्रणाली उल्घंन गर्ने सवारी साधनलाई प्रहरीले कारवाही गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि सरकारले कैलालीमा जोर विजोरका सवारी साधन चलाउन निर्देशन दिएको थियो ।

तर सवारी साधन चालकहरुले उक्त नियमको पालना नगरेपछि कैलाली प्रहरीले आजबाट चेकजाँचमा थप कडाई पारेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जोर बिजोर प्रणाली अन्तर्गत सवारी साधन नचलाउनेलाई कारबाही गरेको जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीका अनुसार जोर विजोर नम्बरका सवारी साधन नचलाउने ५० सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले जोर बिजोर प्रणाली अन्तर्गत सवारी साधन नचलाउनेलाई कारबाही गरेको जनाएको छ ।

उनले क्यापस चोक, चौराहा र रातोपुलमा चेकजाचको क्रममा सवारी साधनहरु कारवाहीमा परेका बताए । सुदूरपश्चिमा चाडपर्वहरु सुरु हुन थालेपछि भिडभाड कम गर्न आजबाट चेकजाँचमा थप कडाई गरिएको ठकुराठीले जानकारी दिए ।