शिकार खेल्न गएका एक व्यक्ति मृत फेला, अर्का वेपत्ता

शिकार खेल्न गएका एक व्यक्ति मृत फेला, अर्का वेपत्ता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका, १४ फुलवारी ‘सि’ गाउमा शिकार खेल्न गएका एक व्यक्ति मृत फेला परेका छन । मृत फेला पर्नेमा सोही ठाउका २३ वर्षका राजमोहन चौधरी छन । 

मंगलवार साँझ गाउ नजिकैको हरियाली सामुदायिक वनमा  जङगली जनावरको शिकार खेल्न गएका चौधरीको बुधवार विहान  कोषमाया ताल नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए । 

उनशिकार खेल्न गएका हरि चौधरी भने वेपत्ता छन ।  उनको खोजी कार्य भईरहेको वलीले बताए । 
स्थानीयका अनुसार मंगलवार साँझ उक्त जङगलमा बन्दुक पडकिएको आवाज आएको थियो । घटनाको विस्तृत जानकारी आईसकेको छैन ।