डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २३० नमुनामध्ये एक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

आज गन्यापधुरा गाउँपालिका–१ का एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए ।