साता नबित्दै बिग्रियो डोटीको पीसीआर मेसिन

साता नबित्दै बिग्रियो डोटीको पीसीआर मेसिन

डोटी: केही दिन अघि डोटी जिल्ला अस्पतालमा जडान गरिएको पिसिआर मेसिन बिग्रिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको परीक्षणको दायरा बढाउनका लागि जिल्ला अस्पताल डोटीमा मेसिन स्थापना गरेको थियो। विद्युत अनियमित हुन थालेपछि पिसिआर मेसिनका ‘फ्यान’ बन्द भएको अस्पतालले जनाएको छ। डोटीमा परीक्षण गर्न संकलन गरिएका स्वाबहरु धनगढी पठाएको छ।