कैलालीमा कुलोमा डुबेर एक बालकको मृत्यु

कैलालीमा कुलोमा डुबेर एक बालकको मृत्यु

धनगढीः कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १ को मंगलपुरमा कुलोमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले कुलोमा डुबेर दुई वर्षीय बालक प्रशान्त ओखेडाको मृत्यु भएको बताउनुभयो।घर नजिकैको कुलोमा डुबेर गम्भीर भएका बालकलाई उपचारका लागि धनगढी ल्याईएको थियो। तर अस्पताल पुगाउँदा उनको मृत्यु भईसकेको थियो।