मन्त्री लेखराज भट्टद्धारा काठमाण्डौंका तरकारी बजार अनुगमन

मन्त्री लेखराज भट्टद्धारा काठमाण्डौंका तरकारी बजार अनुगमन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आज बिहान काठमाण्डौंका तरकारी बजारहरुको  अनुगमन गरेका छन् ।

मन्त्री भट्ट कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनमा तरकारी व्यवसायीहरुले जनस्वास्थ्यका मापदण्ड अपनाएको छ कि छैन भनेर बुझ्न बिहानै तरकारी बजारको स्थलगत अवलोकनमा गएका हुन् । लकडाउनको अबधिमा तरकारीको मूल्यमा बृद्धि भए नभएको बुझ्नुका साथै तरकारीको पसलमा जनस्वास्थ्यको मापदण्ड पालना गरे नगरेको बुझ्न अनुगमन गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले बताउनुभयो ।
 
उनले मन्त्री भट्ट सहितको टोलीले  काठमाण्डौंको बल्खु र कालीमाटी तरकारी बजारको अनगुमन गरेको बताए ।