सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय बन्द, मुख्यमन्त्री भट्टसहित कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय बन्द, मुख्यमन्त्री भट्टसहित कर्मचारीहरु सेल्फ क्वारेन्टिनमा

धनगढी : चालकमा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द गरिएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहित स्वकिय सचिवालय र कार्यालयका अधिकासं कर्मचारी सेल्फ क्वारेन्टिनमा बसेपछि कार्यालय आशिंक रुपमा बन्द भएको हो।

मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले कार्यालय आशिंक रुपमा बन्द भएको जानकारी दिए । यस्तै उनले मुख्यमन्त्री भट्टसंगै प्रमुख सचिव लगायतका कर्मचारी क्वारेन्टिनमा बसेको बताए ।