आलिताल बन फडानी प्रकरण : प्रदेश सभाको उपसमितिद्धारा छानविन सुरु

आलिताल बन फडानी प्रकरण : प्रदेश सभाको उपसमितिद्धारा छानविन सुरु

धनगढी : सडक निर्माणका नाममा अवैध रुपमा सयौं सालका रुखहरु काटिएपछि सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले स्थलगत अध्ययन गरि छानबिन सुरु गरेको छ ।

डडेल्धुराको भित्रिमधेस क्षेत्र आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथ सडकमा अवैध रुपमा सालका ११० वटा गोलिया बरामत गरिएको छ भने अधिकास गोलियाह रातारात लुकाईएको आशंका गरिएको छ ।प्रदेश सभा सदस्य दिर्घराज सोडारीको नेतृत्वमा आईतबार आएको पाँच सदस्यीय संसदीय समितिले स्थलगत अध्ययन गरि डडेल्धुरा सदरमुकाम पुगेको छ ।

अध्ययनका आधारमा छानबिन प्रतिवेदन पेश गर्ने छ । र सो प्रकरणमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याईने प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिका सभापति हर्कबहादुर कुँवरले बताए ।आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माण गरिएको छ ।

सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका छन ।गाँउपालिकाकै लगानी चक्रपथ सडकको निर्माण सुरु भएको हो तर डिभिजन बन कार्यालयबाट अनुमती नलिईकनै काटिएको छ । सडक काटिदा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका सालका रुखहरु काटिएको डिभिजन वन कार्यालय डडेल्धुराको दाबी छ ।

गाँउपालिकाको समपूरक कोष अन्र्तगत सडक निर्माण सुरु गरिएको थियो । सडकमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबलबहादुर बोहराले बताए ।

सो सडक क्षेत्रमा दुई हजार क्युविक फिट भन्दा बढी सालको अवैध काठ काटिएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको निमित्त डिभिजनल प्रमुख बोहराले बताए ।

बोहरा सहित घटनास्थल पुगेको वनकर्मीको टोलीले शुक्रबार उक्त क्षेत्रमा काठ गोलिया बनाई रहेको अवस्थामा स्थानीय श्याम दास र रजनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गोपालसिँह धामीलाई नियन्त्रणमा लिएको छ ।

कोरोना परिक्षण पछि प्रहरीमा बुझाएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । विकास निर्माणका क्रममा स्थानीय तह बाट मात्र नभई प्रदेश सरकारका योजनामा समेत अवैध रुपमा रुख काटिने गरेको छ ।

सडक निर्माण गर्दा रुख भएको ठाउमा बाताबरणीय प्रभाब मुल्याकन एआई गरेर मात्रै सडक निर्माण गर्न पाईन्छ तर यहा ठिक उल्टो एआई नगरि धमाधम बन फडानी गर्दे सडक निर्माण भएको छ । यो अबस्थामा नत गाउपालिका जिम्मेवार बनेको देखिन्छ नत निर्माण कम्पनी नै जिम्मेवार देखिएको छ ।

सामुदायिक बन उपभोक्ता समिति, गाउपालिका ,सेक्टर बन कार्यालय र निर्माण कम्पनीको मिलोमतोमा कानुन छल्दै एकतर्फि रुपमा सडक निर्माण भएकाले हदै सम्मको कानुनी कारबाही हुनुपर्ने स्थानीयहरुको जोड छ ।

डिभिजन बन कार्यालय डडेल्धुराले गाउपालिकालाई स्पष्टीकरणका लागी पत्र काटेको भएपनि अहिले सम्म जवाफ आएको छैन । उक्त चक्रपथ सडक निर्माणका लागि आलिताल गाँउपालिकाले ठेक्का मार्फत उग्रतारा निर्माण सेवा सँग सम्झौता गरेर काम गरेको गाँउपालिकाले जनाएको छ ।

निर्माण कम्पनीले सडक निर्माणका क्रममा ढालेका सालका रुखहरु गोलिया बनाएर लुकाई राखेको अबस्थामा फेला पारेको जनाएको छ । यस बिषयमा प्रदेश संसदीय टोलीले छानबिन गरि दोशीउपर कानुनी कारबाहीका लागी आफ्ना माथिल्ला निकायमा सिफारिस गर्न सकोस स्थानीयको जोड छ ।