कैलाली निषेधाज्ञाको चौंथो दिन : धनगढी सुनसान, जनजीवन कष्टकर बन्दै

कैलाली निषेधाज्ञाको चौंथो दिन : धनगढी सुनसान, जनजीवन कष्टकर बन्दै

धनगढी : कैलालीमा आज निषेधाज्ञाको चौथो दिन पनि धनगढी सुनसान बनेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले गत विहिबार देखि १४ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सवाहरु बन्द गरेको छ । मानिसहरुलाई अनावश्यक रुपमा हिडडुल गर्न समेत रोक लगाईको छ । भने सडकमा सवारी साधन समेत गुड्न दिईएको छैन् ।

धनगढीका मुख्य बजार क्षेत्रका पसलहरु पनि पूर्ण रुपमा ठप्प अवस्थामा छन । निषेधाज्ञालाई कार्यान्वयन गर्न धनगढीका सडकहरुमा सुरक्षाकर्मीहरुले चेकजाँचमा कडाई गरेका छन ।

तर निषेधाज्ञाको चौथो दिन सम्म आईपुग्दा नागरिकहरुको जनजीवन प्रभावित बन्दै गएको छ । दैनिक ज्यालादारी गरी खाने बर्ग झनै समस्यामा पर्दै गएको छन ।