सुदुरपश्चिममा अहिलेसम्म २७ प्रहरीमा कोरोना संक्रमण

सुदुरपश्चिममा अहिलेसम्म २७ प्रहरीमा कोरोना संक्रमण

सुदुरपश्चिममा आइतबारसम्म २७ जना प्रहरीमा कोराना संक्रमण देखिएको छ। ९ सय २३ जना प्रहरीको कोराना परीक्षण गरिएकोमा आइतबारसम्म २७ जनामा संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ।

क्वारेन्टिनमा खटिएका, सिमानाका ड्युटी गरेका र नागरिकसँगको सम्पर्कमा आएका केही प्रहरीमा संक्रमण देखिएको कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए।

अहिलेसम्म कैलालीमा ४, कञ्चनपुर ६, डोटीमा ३, अछाममा ७ बाजुरामा ६ र बैतडीमा १ जना प्रहरीमा संक्रमण पुष्टि भएको सिंहले बताए। संक्रमितमध्ये १३ जनको उपचार भइरहेको छ भने १४ जना डिस्चार्ज्ड भएका छन्।